इनोभेटिभ प्रिक्वाटरफाइनलमा

Manoj Shiama
21 November, 2016 7:25 pm

odesy-ist-daye
इनोभेटिभ इङलिस स्कुल नवौं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ सोमबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । इनोभेटिभसंगै माउन्ट ग्लोरी पनि प्रिक्वाटरफाइनलमा पुग्न सफल भयो ।इनोभेटिभले नोब्सलाई २०–१० ले पराजित ग¥यो । माउन्ट ग्लोरीले लालीगुराँसलाई ९–८ को साँघुरो अन्तरले हरायो ।
जुनियर ब्वाइजमै गोल्डेनपिक, डाफोडिल, पृथ्वी र काठमाडौं जेभियरले सफलता हात पारे । गोल्डेनपिकले ग्रिनल्यान्डलाई २५–८, डाफोडिलले इडेन ब्रिज एकेडेमीलाई १२–२, पृथ्वीले एचएचसीएलाई ८–७ तथा जेभियरले जगत मन्दिरलाई ९–८ ले निराश पारे ।
ओडिसी इन्टरनेसनल एकेडेमीद्वारा आयोजित प्रतियोगिताको सिनियर गल्र्स थ्री बाई थ्रीमा इडेन ब्रिज र श्रीदिवा विजयी भए । इडेनब्रिजले साइपाल एकेडेमीलाई ७–४ तथा श्रीदिवाले पृथ्वीलाई ९–५ ले पन्छाए ।