साफ च्याम्पियनसीपको लागि टोलीको टुंगो लाग्दै

ladies-footballe
आसन्न चौथो साफ च्याम्पियनसीप महिला फुटबल प्रतियोगिताका लागि ४२ जनाको नाम सार्वजनिक गरिएको छ । पहिलो चरणमा छनोटमा परेका ७२ मध्य यी ४२ जना अर्को चरणका लागि छानीएका हुन्। केही दिनमै यी मध्य ३० खेलाडीको छनोट गर्ने जनाइएको छ ।
मुख्य प्रशिक्षक कुमार थापा सहित प्राबीधीक निर्देशक चाइकी टाकेडाका साथै प्रशिक्षक सुनील श्रेष्ठ, मृगेन्द« मिश्र र अस्मिता खवासको टोलीले यो नाम छनोट गरेको हो । समुह एमा रहेको नेपालले पहिलो चरणमा श्रीलंका माल्दीभ्स र भुटानको सामना गर्ने छ ।
टोलीको गोलरक्षकमा अञ्जली सुब्बा,नमिता कुमारी दली,लक्ष्मी नेपाल, रुपा राना मगर र अञ्जली राना मगर रहेका छन् । रक्षा पक्तिमा रिम कुमारी गुरुङ्ग,अमृता जैसी, अञ्जली वाइवा, मनमाया लीम्बु, हीरा कुमारी भुजेल, पुनम गर्जा मगर,गीता राना, विमला विके,नन्द कुमारी थापा,कविता धिमाल, शान्ता राइ,भोज कुमारी थापा, अञ्जु लोप्चन, निसा थोकर र उषा भण्डारी रहेका छन्।
मिडफील्डमा सपना लामा, दिपा राइ, लक्ष्मी पौडेल,अनिता बस्नेत, दिपा अधीकारी,सृजना खड्का, रेनुका नगरकोटी,अनिता केसी, रिता गुभाजु, यसोदा लामा, भुजंग राइ,इन्दिरा राइ , रुपा मगर र अञ्जली योञ्जन रहेका छन् । फरवार्डमा सावित्रा भण्डारी,कृष्णा खत्री, सर्मीला थापा, निरु थापा,रश्मी कुमारी घिसिङ्ग, निर्मला विके,मञ्जु गुरुङ्ग र सरु लीम्बु छन्

Comment