बीएनए र एन्जल्स हर्ट क्वाटरफाइनलमा

Manoj Shiama
22 November, 2016 6:35 pm

बसुन्धारा नेसनल एकेडेमी (बीएनए) नवौं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताअन्तर्गत सिनियर गल्र्सको थ्री बाइ थ्रीतर्फ मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । बीएनएसंगै एन्जल्स हर्ट पनि क्वाटरफाइनलमा पुग्यो ।
बीएनएले जगत मन्दिरलाई १४–९ ले पराजित ग¥यो । एन्जल्स हर्टले चन्द्र विन्दुलाई १०–८ ले हरायो ।
ओडिसी इन्टरनेसनल एकेडेमीद्वारा आयोजित प्रतियोगिताको जुनियर ब्वाइजमा गोल्डेनपिक, काठमाडौं जेभियर, लालीगुराँस र नोब्स प्रिक्वाटरफाइनलमा पुगे ।
गोल्डेपिकले सेबलाई ३०–२०, काठमाडौं जेभियरले रिलायन्सलाई १६–१५, लालीगुराँसले न्यु बुद्ध प्रकाशलाई १६–१२ तथा नोब्सले मनासलुलाई १२–१० ले पन्छाए ।