इडेन ब्रिज र एचएचसीए सेमिफाइनलमा

Manoj Shiama
25 November, 2016 6:41 pm

odesy1e
इडेन ब्रिज एकेडेमी र एचएचसीए नवौं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । उनीहरुसंगै श्रीदिवा र भ्याली पब्लिक पनि सेमिफाइनलमा पुगे । इडेन ब्रिजले एन्जल्स हर्टलाई ७–१ तथा एचएचसीएले स्किब्सलाई ९–१ ले पराजित गरे । इडेन ब्रिजकी प्रमिला गुराइगाईंले ५ तथा एचएचसीएकी सन्जुले ६ अंक जोडे । श्रीदिवाले बीएनएलाई ४–१ ले हरायो । श्रीदिवाकी इशा राईले ३ अंक जोडिन् । भ्याली पब्लिकले लोयल्टीमाथि १५–६ को जित रच्यो । भ्याली पब्लिककी अस्मिताले ९ अंक जोडिन् ।
जुनियर ब्वाइजतर्फ ग्रिनल्यान्ड, गोल्डेनपिक, आयोजक ओडिसी र इनोभेटिभले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
ग्रिनल्यान्डले एन्जल्स हर्टलाई २५–२० ले पाखा लगायो । ग्रिनल्यान्डका अस्मित बोमजन र अन्जन राईले समान १२–१२ अंक बटुले । गोल्डेनपिकले बीएनएमाथि २७–२ को सहज जित निकाल्यो । गोल्डेनपिकका अनिश पुरीले ११ अंक स्कोर गरे । ओडिसीले नेपाल मोडललाई १५–४ ले पन्छायो । ओडिसीको जितमा प्रदीप थापाले ७ अंक योगदान गरे । पृथ्वी विरुद्धको खेलमा इनोभेटिभ २२–१० ले विजयी भयो । इनोभेटिभका ऋतिक लामाले १० स्कोर गरे ।