ओडिसी, सेब र रिलायन्स च्याम्पियन
ओडिसी इन्टरनेसनल एकेडेमी, सेब र रिलायन्स रेसिडेन्सिय प्रथम अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा सोमबार च्याम्पियन बनेका छन् । आडिसी सिनियर ब्वाइज, सेब जुनियर ब्वाइज र रिलायन्स गल्र्समा पहिलो भए ।काठमाडौं जेभियर पब्लिक स्कुलद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा ओडिसीले बसुन्धारा नेसनल एकेडेमी (बीएनए) लाई २१–१७ ले पराजित ग¥यो । ओडिसीको जितमा सागर लामाले १३ अंक योगदान गरे ।
जुनियर ब्वाइज फाइनलमा सेबले आयोजक काठमाडौं जेभियरलाई १५–१४ को साँघुरो अन्तरले हरायो । सेबका रवि शर्माले ८ अंक जोडे ।
गल्र्सको उपाधि भिडन्तमा रेसिडेन्सियलले युनिभर्सललाई १५–४ ले पाखा लगायो । विजेताकी पुष्पाकुमारी बलमे १२ स्कोर गरिन् ।
जुनियर ब्वाइजमा सेबका रवि शर्मा तथा गल्र्समा रेसिडेन्सियलकी पुष्पाकुमारी बम ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई काठमाडौं जेभियरका प्रिन्सिपल आरबी अधिकारी, राष्ट्रिय बास्केटबल खेलाडी अशिम श्रेष्ठलगायतले पुरस्कृत गरे । तीनदिने प्रतियोगिताको ब्वाइजतर्फ सिनियर र जुनियरमा समान १२–१२ तथा गल्र्समा ८ गरी ३२ टिम सहभागी थिए ।