फुटसल टोलीलाई विदाई
Manoj Shiama
29 November, 2016 7:02 pm
मित्र राष्ट्र श्रीलङकामा आयोजना हुने तेश्रो दक्षिण एशियाली फुटसल प्रतियोगितामा सहभागि हुन जाने नेपाली फुटसल टोलीलाई मंगलबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले सातदोवाटोस्थित अन्तराष्ट्रिय खेल परिसरमा विदाई गरे ।
डिसेम्बर १ देखि ४ सम्म संचालन हुने प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीमा साजन महर्जन टिम कप्तान, समिर जङ्ग कार्की उपकप्तान तथा अन्य खेलाडीमा सुभाष घलान, डेनियल श्रेष्ठ, रितेश पौडेल, जितेन्द्र रसाईली, दिलिप लामाङ्ग र विकी शिल्पकार रहेका छन् । यस्तै टिम लिडरमा बटु कृष्ण थापा, टिम ब्यवस्थापनमा सन्तोष खतिवडा, टिम प्रशिक्षकमा नारायण कृष्ण महर्जन रहेका छन् । टोली बुधबार त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।