राजन स्मृती ब्याडमिन्टन हुने

Manoj Shiama
5 December, 2016 12:46 pm

नेपाल मदिरा ब्यवसायी संघको आयोजनामा दोश्रो राजन मेमोरियल अन्तर मदिरा ब्यवसायी ब्याडमिन्टन प्रतियोगिता शुक्रबार हुने भएको छ । राजन मदिरा ब्यवसायी संघका तत्कालिन केन्द्रिय सदस्य हुन् ।प्रतियोगितामा मदिरा उद्योगी, आयातकर्ता, वितरक, थोक तथा खुद्रा ब्यापारीहरु गरि करिव १५० जना खेलाडीहरुको सहभागिता रहने आयोजक सदस्य बिष्णु खड्काले जनाएका छन् ।
बशुन्धारास्थित बुल्स कभर्डहलमा हुने प्रतियोगितामा पुरुष एकल, पुरुष जोडी र ४० बर्ष माथीको भेट्रान्स एकलमा प्रतिस्पर्धा हुने भएको छ ।
विजयी खेलाडीहरुलाई ट्रफी मेडल प्रमाण पत्रका साथ खेल सामाग्री प्रदान गरिने आयोजकले जनाएका छन् ।