क्रेस्सेन्ट र पुष्पाञ्जलीको बराबरी

क्रेस्सेन्ट एकेडेमी स्कुल गोदावरी र पुष्पाञ्जली माध्यामिक स्कुल “कम टुगेदर एन्ड प्ले टुगेदर” भन्ने नाराका साथ आयोजित २१ औं फादर मोरान स्मृती आमन्त्रण फुटबल प्रतियोगिता अन्तरगत भएको खेलमा २ – २ गोलको बराबरीमा चित्त बुझाउन बाध्य भएका छन् ।
केस्सेन्टका सुजन तामाङ्ग र मोहित तामाङ्गले १÷१ गोल गरे भने पुष्पाञ्जलीका पुजन महर्जन र प्रशिद्ध रेग्मीले १÷१ गोल गरे । पुष्पाञ्जलीका प्रशिद्ध प्लेयर अफ दि म्याच घोषित भए ।
नेपाल टेलिकमको प्रायोजनमा भएको प्रतियोगिताको दोश्रो खेलमा नेपाल एपिएफ स्कुल किर्तिपुरले अरुण शाहीको एक मात्र गोल मद्धतमा ज्वालादेवी विद्यामन्दिर बाँडेगाउलाई १ – ० ले पराजित ग¥यो । अरुण प्लेयर अफ दि म्याच भए । गोदावरी एल्मुनाईको सहयोगमा आयोजककै प्राङ्गणमा भएको तेश्रो खेलमा मिलन पुवार मगर र प्रशान्त चौधरीको एक एक गोल मद्धतले एनके सिंह मेमोरियल ईङ्गलीस स्कुलले काभ्या स्कुल, न्यूबानेश्वरलाई २ – ० गोल अन्तरले पाखा लगायो । लिग कम नकआउटको आधारमा खेलाईएको प्रतियोगितामा एनके सिंहका प्रशान्त चौधरी प्लेयर अफ दि म्याच घोषित भए ।

Comment