फुटसल टोली स्वदेश फिर्ता
Manoj Shiama
6 December, 2016 9:26 pm
मित्र राष्ट्र श्रीलङकामा भएको तेश्रो दक्षिण एशियाली फुटसल च्याम्पियनसिपमा उपविजतेता बन्दै नेपाली फुटसल टोली स्वदेश फिर्ता भएको छ । पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि भएको नेपाली टोलीले पहिलो सहभागितामानै ऐतिहासिक उपलब्धि हासिल गर्दै नेपाल दोश्रो स्थानमा चित्त बुझाउन बाध्य भएको हो ।
दक्षिण एशियाका ५ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा नेपालले भारतलाई ५ – ० मालदिभ्सलाई ३ – २ र पाकिस्तानलाई ९ – ० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।
विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य एवं नेपाल फुटसल संघका अध्यक्ष देव कुमार अधिकारीले अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरे ।