नेपाल डनबस्को र सेन्ट जेभियर सेमिफाइनलमा


नेपाल डनबस्को स्कुल, लुभु र सेन्ट जेभियर्स स्कुल, जावलाखेल “कम टुगेदर एन्ड प्ले टुगेदर” भन्ने नाराका साथ आयोजित २१ औं फादर मोरान स्मृती आमन्त्रण फुटबल प्रतियोगिता २०१६ को बिहिबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
नेपाल टेलिकमको प्रायोजन तथा गोदावरी एल्मुनाई एशोसियसनको सहयोगमा भएको क्वाटरफाइनलमा नेपाल डनबस्कोले मिचेल तामाङ्गको निर्णायक एक गोलमा डल्फिन ईङ्गिलस स्कुल विशंखुनारायणलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भयो । तामाङ्ग प्लेयर अफ दि म्याच घोषित भए ।
सेन्ट जेभियर्स स्कुल गोदावरीको आयोजनामा भएको दोश्रो क्वाटरफाइनल खेलमा सेन्ज जेभियर्स स्कुल जावलाखेलले विद्या संस्कार उ.मा.वि.लाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफानलको यात्रा तय ग¥यो । जेभियर्सका लागि निशान्त थापा मगर र स्पर्श जङ्ग पाण्डेले एक एक गोल गरे । विद्या संस्कारका प्रयत्न थापा प्लेयर अफ दि म्याच भए ।
शुक्रबार आयोजक सेन्ट जेभियर्स गोदावरी रातो र एपिएफ स्कुल किर्तिपुर तथा क्रिसेन्ट एकेडेमि र एनके सिंह मेमोरियल स्कुलविच हुने कार्यक्रम रहेको छ ।

Comment