पश्चिमाञ्चल टेबलटेनिसमा खेलाडी छनोट
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पश्चिमाञ्चलबाट समान ५–५ पुरुष÷महिला गरी १० खेलाडी छनोट भएका छन् । पुरुषमा रुपन्देहीका नारायण घिमिरे, रुपन्देहीका शिव पुन, कास्कीका किसन जिसी, रुपन्देहीका सुनिल श्रेष्ठ तथा कपिलवस्तुका कपिल थापा रहेका छन् । महिलामा रुपन्देहीकी अमृता थापा, रुपन्देहीकी गीता अर्याल, कास्कीकी मुना थापा, रुपन्देहीकी विनिता रानामगर र कपिलवस्तुकी प्रकृति राना मगर छन् ।