तेक्वान्दोमा रुपन्देहीको प्रभाव

सातौंका लागि समान ८–८ पुरुष र महिला गरी १६ खेलाडीले पश्चिमाञ्चलको प्रतिनिधित्व गर्ने भएका छन् । पुरुषको ५४ केजीमुनि रुपन्देहीका राजेश शाहनी, ५८ केजीमुनि पर्वतका सुजन केसी, ६३ केजीमुनि रुपन्देहीका किरणबहादुर आले, ६८ केजीमुनि कास्कीका समिरबहादुर गुरुङ, ७४ केजीमुनि बाग्लुङका दीपक बोहरा, ८० केजीमुनि गोरखाका रवि लामा, ८७ केजीमुनि रुपन्देहीका सुरेश क्षेत्री तथा ८७ केजीमाथि कास्कीका शंकर कार्की रहेका छन् ।
महिलाको ४६ केजीमुनि रुपन्देहीका सरिता श्रेष्ठ, ४९ केजीमुनि प्रशंसा क्षेत्री र ६२ केजीमुनि एलिसा केसी, ५३ केजीमुनि गोरखाकी हुमकुमारी गुरुङ, ५७ केजीमुनि गुल्मीकी सपना सारु, ६७ केजीमुनि म्याग्दीकी ममता गर्बुजा, ७३ केजीमुनि कास्कीकी रेखमाया गुरुङ तथा ७३ केजीमाथि कास्कीकी मिरा गुरुङ रहेका छन् ।

Comment