डनबस्को र सेन्ट जेभियर्स फाइनलमा
नेपाल डनबस्को स्कुल ललितपुर र सेन्ट जेभियर्स स्कुल जावलाखेल २१ औं फादर मोरान स्मृती आमन्त्रण फुटबल प्रतियोगिता २०१६को फाइनलमा प्रवेश गरेका छन् । नेपाल टेलिकमको प्रायोजनमा भएको प्रतियोगिताको पहिलो आईतबार भएको पहिलो खेलमा नेपाल डनबस्कोले क्रिसेन्ट एकेडेमी ईङ्गिलस स्कुललाई टाईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित ग¥यो ।
गोदावरी एल्मुनाई एशोसियसनको सहयोगमा भएको प्रतियोगिताको निर्धारित समय सम्म दुवै टिमको १÷१ गोल भई खेल बराबरीमा सकिए पछि खेलको छिनोफानो टाईब्रेकरबाट भएको थियो । निर्धारित समयको खेलमा डनबस्कोको लागि निश्चल के.सी.ले र क्रिसेन्टका लागि शोभाकर रोकायाले गोल गरेका थिए । डनबस्कोका निश्चल के.सी. प्लेयर अफ दि म्याच घोषित भए ।
जेन्ट जेभियर्स स्कुल गोदावरीको आयोजनामा भएको प्रतियोगिताको दोश्रो सेमिफाइनल खेलमा सेन्ट जेभियर्स स्कुल जावलाखेलले आयोजकलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा नेपाल डनबस्को संगको भेट पक्का ग¥यो । विजेता टोलीको लागि निशान्त थापा मगर र कृतिज्ञ पाण्डेले गोल गरे भने । आयोजकको लागि सुप्रिम सिलवाले गोल गरे । जेभियर्स जावलाखेलका मनिष चौलागाई प्लेयर अफ दि म्याच घोषित भए ।
प्रतियोगिताको फाइनल खेल सेन्ट जेभियर्स स्कुल जावलाखेल र नेपाल डनबस्को स्कुल, लुभुविच सोमबार १२ बजे हुने कार्यक्रम रहेको छ । यस्तै तृतीय स्थानको लागि आयोजक रातो र क्रिसेन्टविच १० बजे हुने कार्यक्रम रहेको छ ।