पूर्वाञ्चलमा टेबलटेनिस खेलाडी छनोट
सातौं राष्ट्रिय खेलकुदका लागि पूर्वाञ्चलबाट समान ५–५ पुरुष र महिला गरी १० टेबलटेनिस खेलाडी छनोट भएका छन् । पुरुषमा मोरङका करण राई, सुनसरीका गणेश तामाङ, मोरङका अनुज बानियाँ तथा सुनसरीका महावीर चौधरी र जीवन ढकाल रहेका छन् । महिलामा सुनसरीका अपेक्षा शाक्य, दीक्षा दाहाल, गीता भुजेल लिम्बू र रुपा लिम्बू तथा इलामकी निशा लिम्बू छन् ।