शिबशक्ती गार्मेण्टस्द्धारा भलिबल खेलाडिलाई ट्याकसुट प्रदान

Manoj Shiama
12 December, 2016 5:07 pm


मित्र राष्ट्र बंगलादेशमा डिसेम्वर २१ देखि २८ सम्म सञ्चालन हुने एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउने नेपाली पुरुष भलिबल टिमलाई शिवशक्ती गार्मेण्टस् महेन्द्रनगरले ४० हजार बराबरको १८ जोर ट्याकसुट आइतवार प्रदान गरेको छ ।
लगनखेल स्थित नेपाली सेनाको खेलकुद प्रतिष्ठानको कभर्डहलमा शिवशक्ती गार्मेण्टस्का कार्यकारी प्रमुख हरकसिंह धामीले खेलाडि तथा अफिसियलाई ट्याकसुट बितरण गरे । राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य समेत रहेका धामीले कम्पनीको पहिलो उद्पादन खेलाडिलाई दिन पाउदा धेरै खुसी लागको बताए । सो अवसरमा नेपाल भलिबल संघका सचिवद्धय जगदिश भट् र मनवीर छन्त्यालको उपस्थिति रहेको थियो ।