आइटिएफ टोलीको बिदाई

Manoj Shiama
13 December, 2016 7:30 pm


मित्र राष्ट्र चिनको बेइजिङमा डिसेम्वर १५ देखि १८ सम्म आयोजना हुने प्रथम खुला एशियन च्याम्पियनशिपमा सहभागिता जनाउने नेपाली आईटिएफ टोलीलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले मंगलवार बिदाई गरेका छन् । प्रतियोगितामा सहभागि जनाउने १४ सदस्य नेपाली टोलीमा नेपाल आइटिएफका प्रमुख सल्लाहकार लिलबहादुर थापामगर, नेपाल आइटिएफका अध्यक्ष अञ्जन धमला,उपाध्यक्ष कल्प दिप राई र हरिकृष्ण श्रेष्ठ अफिसियलका रुपमा त्यसतर्फ प्रस्थान गदैछन् । त्यस्तै खेलाडिमा स्पाइरिङतर्फ एपीएफका नाम्ङगेल तामाङ, काठमाण्डौका रबिन मगर, काठमाण्डौंका सम्राट कुशारी, गोर्खाका शिवप्रसाद पाण्डे, लालितपुरका सुनिल बस्नेत र पाल्पाका पुरन केसीले सहभागि छन् । त्यस्तै टिम प्रशिक्षकमा बासुदेव भट् र पुष्पप्रसाद पोखरेल रहेका छन् । अफिसियलकै रेफ्रितर्फ अञ्जु रावत र बिजय श्रेष्ठ पनि त्यसतर्फ जादैछन् ।नेपाली टोली बुधवार प्रस्थान गदैछ ।