गोल्फ हुने

Manoj Shiama
14 December, 2016 9:53 am


लायन्स क्लव अफ दिङला भोजपुरको आयोजनामा ओल्ड दरबार लाइन्स क्लव सेन्टेनियल गल्फ प्रतियोगिता पौष ८ र ९ गते रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ । स्टेबलफोर्ड थ्री बार्ड फो ह्याण्डी क्याप फरम्याटमा खेलाइने प्रतियोगितामा एक सय जना खेलाडीको सहभागिता रहनेछ । एक सय खेलाडीले विभिन्न ६ स्पर्धा पुरुष, महिला, ग्रस, सिनियर, सुपर सिनियर र लायन्सतर्फ प्रतिस्पर्धा गर्नेछन् । लायन्स क्लवक अफ इन्टरनेशनलको शताब्दी वर्षको अवसरमा यो प्रतियोगिता आयोजना गर्न लागिएको हो । लायन्ससँगै रोयल नेपाल गल्फ क्लवलके पनि स्थापनाको एक सयौं वर्ष मनाइरहेको छ । प्रतियोगिताको विजेतालाई नेपाल एयर लायन्सकोतर्फबाट बैंकक र मलेसियाको एयर टिकटसँगै ट्रफी तथा गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । यो प्रतियोगितालाई निरन्तरता दिइने लायन्स क्लव अफ दिङला भोजपुरका अध्यक्ष किशोर भट्टराईले बताए । पत्रकार सम्मेलनमा मलटिपल काउन्सीलका अध्यक्ष सुनिल भक्त श्रेष्ठ र डिस्ट्रिक गभर्नर कुमार राज सुवेदीले लायन्स क्लवको स्थापना र नेपालमा गरिएका सामाजिक कार्यको बारेमा जानकारी गराएका थिए ।