सशस्त्र र सेना सेमिफाइनलमा
सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली प्रथम राष्ट्रिय बेशबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
नेपाल बेशबल तथा सफ्टबल संघको आयोजनामा भएको प्रतियोगिताको शुक्रबार सम्पनन खेलमा सशस्त्रले भक्तपुर राईजिङ्ग स्टार बेशबल क्लबलाई १२–२ रनले तथा सेनाले पोखराको यती बेशबल क्लबलाई ८–१ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
अर्को खेलमा गोर्खाक्रुज बेशबल क्लब सशस्त्र प्रहरी बलसंग १२–२ रनले पराजित हुनुका बावजुद सेमिमा स्थान बनाउन सफल भयो । उसले पहिलो चरणमा बाई पाएको थियो ।
नेपाली सेना, सशस्त्र प्रहरी बल, पोखरा यती बेशबल क्लब, भक्तपुर बेशबल क्लब र गोर्खा बेसबल क्लब गरि ५ टिमको सहभागिता रहेको प्रतियोगिताको माननिय सांसद निर्मल सुवेदीले उद्घाटन गरेका थिए । संघका उपाध्यक्ष प्रदीप कुमार खत्रीको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेन्द्र श्रेष्ठ राजुको पनि उपस्थिती रहेको थियो ।
सेनाको जावलाखेलस्थित सैनिक तालिम केन्द्रमा भएको प्रतियोगिता फेब्रुअरी १४ देखि मार्च ९ सम्म पाकिस्तानको ईस्लामाबादमा आयोजाना हुने पश्चिम एशिया बेशबल प्रतियोगिताको लागि नेपाली राष्ट्रिय टिम छनोट प्रतियोगिता समेत रहेको संघका महासचिव दीपक न्यौपानेले जानकारी गराए । उक्त प्रतियोगितामा एशियाका ९ राष्ट्रको सहभागिता रहने समेत महासचिव न्यौपानेले जनाएका छन् । च्याम्पियनसिपमा विजयी खेलाडी तथा टिमलाई ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।