नेपाली तेक्वान्दोकर्मीको अन्र्तराष्ट्रिय रेफ्री रिफ्रेसर र सेमिनार कोर्स


कोरियाको सिओलमा नेपालका तेक्वान्दो रेफ्रीले अन्र्तराष्ट्रिय रेफ्री रिफ्रेसर र सेमिनार कोर्स लिएका छन् । विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ)को आयोजनामा भएको भएको १०४औँ अन्तराष्ट्रिय रेफ्री रिफ्रेसर र ९०औँ रेफ्री सेमिनार भएको थियो । तेक्वान्दोका अन्र्तराष्ट्रिय रेफ्री गोविन्द प्रसाद शर्मा र जित शिंह लामाले रिफ्रेसर कोर्स पुरा गरेका हुन् । सिओलको सांगनामस्थीत सिमओन्डङ ट्रेनिङ सेन्टरमा अन्र्तराष्ट्रिय रेफ्रीद्धयले रिफ्रेसर कोर्स पुरा गरे । अन्र्तराष्ट्रिय रेफ्री शर्माले रिफ्रेसर कोर्समा नियममा भएको परिर्वतन बारे प्रशिक्षण दिइएको बताए ।
डिसेम्बर १०देखि १९ सम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय रेफ्री क्यान्डिडेटका लागि तीन नेपाली रेफ्री सहभागी भए । सिओलमा भएको सेमिनारमा विजय शाह ठकुरी,अर्जनु भक्त राई र मिनु कार्की सहभागी भए । उनिहरु अन्तराष्ट्रिय रेफ्रीका लागि कोर्समा सहभागी भएका हुन् । केही महिना अगाडी मात्र डब्लुटिएफको कग्रेसले तेक्वान्दो खेलमा केही नियमहरु परिर्वतन गरेको थियो । रिफ्रेसर र सेमिनारमा सहभागी सबैले ग्यरोगीतर्फको कोर्समा प्रशिक्षण लिएका थिए ।

Comment