आर्मीको जित
खोखोमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पुरुष र महिला दुवै टिमलाई सातौं राष्ट्रिय खेलकुद २०७३ अन्तरगतको खोखोमा पहिलो दिन दोहोरो जित हात पारेको छ ।मोरङ्गको इनरवामा भएको पुरुषको खेलमा आर्मीले पश्चिमाञ्चललाई १९¬–३ र पूर्वाञ्चललाई १३–५ले पराजित गर्न सफल भयो ।यस्तै महिला तर्फ पनि आर्मीले दोहोरो जित आत्मसाथ ग¥यो । महिला तर्फको खेलमा पश्चिमाञ्चललाई १२–७ र पूर्वाञ्चललाई ५–२ले पराजित गरेको हो ।पुरुष तर्फकै अन्य खेलमा सुदूरपश्चिम र मध्यमाञ्चलले पनि दोहोरो जित हात पारेका छन् । सुदूरपश्चिमले पूर्वाञ्चललाई ११–९ र मध्यपश्चिमलाई १३–९ले तथा मध्यमाञ्चलले मध्यपश्चिममाथी २२–१६ र पश्चिमाञ्चलमाथी १५–९को जित निकाल्यो ।
सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन भएको दिन महिला तर्फ मध्यपश्चिमले पनि दोहोरो जित हात पारेको छ । मध्यपश्चिमले मध्यमाञ्चललाई ११–१० र सुदूरपश्चिमलाई १५–१३ले पराजित गर्न सफल भएको हो । अन्य खेलमा सुदूरपश्चिमले पूर्वाञ्चललाई ९–५ले तथा मध्यमाञ्चलले पश्चिमाञ्चललाई १३–१०ले पराजित गर्न सफल भयो ।
पाँच विकास क्षेत्र र एक विभागिय टिम गरि ६ टिमको सहभागिता रहेको प्रतियोगिता राउन्ड रोविनको आधारमा खेलाईनेछ । प्रतियोगितामा उच्च चार स्थान हात पार्ने टिम सेमिफाइनलको लागि योग्य हुने आयोजकले जनाएका छन् । प्रतियोगिताको फाइनल पौष ११ गते हुनेछ ।