सिन्धुपालचोकका खेलाडी पुरस्कृत हुने

Manoj Shiama
24 December, 2016 1:12 pm


पुर्बान्चलमा जारी सातौ रास्टिय खेलकुद प्रतियोगितामा सहभागी भइ पदक ल्याउने सिन्धुपालचोक जिल्लाका खेलाडीहरुलाइ जिल्ला खेलकुद बिकास समितीले नगदसहित सम्मान गर्ने भएको छ । जिल्लाबाट सहभागी भई पहिलो ,दोश्रो र तेश्रो हुनेलाई क्रमश स्नगद १५०००,हजार १०,००० तथा ५,००० सहित सम्मान गरिने सिन्धुपाल्चोक जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष शिव देउजाले बताए ।
सातौं राष्ट्रिय खेलकुदमा सिन्धुपाल्चोकबाट उसुमा २ जना,फूल कन्ट्रयाक्ट कराँतेमा २ तथा जुडोबाट एक जना सहभागी छन । विगतमा उसुका राजकुमार रसाइली र आङबाबु लामा र पौडीमी करिश्मा कार्की लगायत खेलाडी राष्ट्रिय स्तरमा छाएका थिए । अध्यक्ष देउजा आफै भलीबलका पूर्व खेलाडी हुन्।