सेपाकताक्रोको रेगोमा आर्मी र पश्चिमाञ्चल फाइनलमा
Manoj Shiama
24 December, 2016 10:54 pm
विभागीय टोली नेपाली सेना र पश्चिमाञ्चल सेपाकताक्रोको पुरुष रेगु इभेन्टमा फाइलनमा पुगेका छन् ।सेमिफाइलनमा आर्मीले सुदुरपश्चिमाञ्चललाई २१–९ र २१–१७ ले पराजित गर्दै फाइनल पुग्यो । अर्को सेमिफाइनलमा पश्चिमाञ्चलले मध्यमाञ्चललाई २१–१४ र २१–१६ ले हराउदै आर्मीसंग फाइनल भेट पक्का ग¥यो । महिलामा सुदूरपश्चिमाञ्चल र मध्यमाञ्चलले समान ६–६ अंक जोडेका छन् । पश्चिमाञ्चल र पूर्वाञ्चलले २–२ अङ्क जोडे ।
सुनसरीको धरानस्थित डिपो उच्चमाविमा भइरहेको प्रतियोगिताअन्तर्गत आइतबार डब्बल र सोमबार टिम इभेन्टका खेलहरु हुने छन् । पुरुषमा विभागीय टोली आर्मीसहित ६ वटा टिम सहभागी छन् । महिलामा ५ विकास क्षेत्रले भाग लिएको छ ।