सञ्जीवको जित

Manoj Shiama
24 December, 2016 11:24 pm

सातौं राष्ट्यि खेलकुद प्रतियोगिता अन्र्तगत व्याडमिन्टनको पुरुष सिंगल्समा नेपाल आर्मीका रत्नजीत तमाङले मध्यपश्चिमाञ्चलका इरफान अन्सारीलाई २१–१९ र २१–५ को सोझो सेटमा पराजित गरे । आर्मीकै दिपेश धामीले मध्यपश्चिमाञ्चलका रियाज अन्सारीलाई २१–१० र २१–६ ले तथा आर्मीका अर्का खेलाडी नवीन श्रेष्ठले मध्यपश्चिमाञ्चलकै विलाल वरिसलाई २१–१३ र २१–१० को सोझो सेटमा पराजित गरे ।
त्यस्तै सुदुरपश्चिमाञ्चलका सन्जीव खड्काले पश्चिमाञ्चलका भुगोल गुरुङलाई २१–१७ र २१–१० को सोझो सेटमा हराए । सोही अंचलका सुनिल जोशीले पश्चिमाञ्चलका अतित गुरुङ र गौतम कठायतले पश्चिमाञ्चलका विशाल खड्कालाई क्रमशः २१–१९ र २१–७ तथा १६–२१, २१–१२ र २१–१७ अंकले पराजित गरे । मेन्स डवल्सतर्फ नेपाल पुलिस क्लवका खेलाडीहरु विष्णु कटुवालले पूर्वाञ्चलका विवेक श्रेष्ठलाई तथा दिपक वोहराले पूर्वाञ्चलकै जीवन आचार्यलाई क्रमशः २१–१४ र २१–११ तथा १९–२१, २१–७ र २१–११ ले पराजित गरे । एपीएफका सुदिप सेढाइले मध्यमाञ्चलका अभिशेक वोसलाई २१–९ र २१–१२ को सोझो सेटमा हराए । एपीएफकै विजित थापा मगरले मध्यमाञ्चलका पोविन लिङ्थेपलाई २१–१२ र २१–११ को सोझो सेटमा पारजित गरे । मेन्स सिंगलमा पूर्र्वाञ्चलका विशाल तामाङ पुुलिसका गौरव दाहाललाई १९–२१, २१–१८ र २३–२१ अंकले हराए ।
मेन्स सिंगलतर्फ पुलिस र एपीएफका खेलाडीले पूर्वाञ्चल मध्याञ्चलका खेलाडीलाई हराए । पुलिसका विष्णु कटुवाल र दिपक वोहराको जोडीले पूर्वाञ्चलका विवेक र सुजन श्रेष्ठको जोडीलाई २१–१९ र २१–१६ को सोझो सेटमा पन्छायो । त्यस्तै एपीएफका सुजन ताम्राकार र सुदिप सेढाईको जोडीले मध्याञ्चलका विवेक वोस र तीर्थ मल्लको जोडीलाई २१–१० र २१–१८ को सोझो सेटमा पाखा लगायो । शनिवारै सम्पन्न उमेन सिंगलतर्फ पूर्वाञ्चलका सीमा राजवंशीले पश्चिमाञ्चकी सुष्मा श्रेष्ठलाई २१–१२ र २१–१० तथा सीता राईले पश्चिामाञ्चलकी सकुन्तला भुषाललाई २१–१६ र २१–११ को सोझो सेटमा जिते । त्यस्तै एपीएफकी शिक्षा श्रेष्ठले मध्यपश्चिमाञ्चलकी सम्झना शर्मालाई २१–१२ र २१–८ को सोझो सेटमा र सोभा गौचनले मध्यपश्चिमाञ्चकै समिक्षा न्यौपानेलाई २१–१२ र २१–७ को सोझो सेटमा पन्छाइन् ।
मध्यमाञ्चलकी श्रेया प्रधानले सुदुर पश्चिमकी दुर्गा शर्मा भण्डारीलाई २१–१५ र २१–१२ को सोझो सेटमा हराइन् । सुदुरपश्चिमाञ्चकी गंगा विष्टले मध्याञ्चलकी श्रद्धेय प्रधानलाई २१–१३ र २१–११ को सोझो सेटमा पाखा लगाइन् ।