शिर्ष खेलाडीहरुको विजय यात्रा
सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत चेस खेल धनकुटामा सुरु भयो । प्रतियोगिता अन्तरगत खुला तर्फ ३८ तथा महिला तर्फ २५ खेलाडी सहभागि छन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपाल बुद्धीचाल संघको संयोजनमा जारी प्रतियोगिताको प्रमुख अतिथी नेपाल बुद्धीचाल संघका अध्यक्ष एकालाल श्रेष्ठले उद्घाटन गरे ।
पहिलो दिन शिर्ष बरियताका धेरै खेलाडीले जित हात पारेका छन् । खुला तर्फ शिर्ष बरियताका नेपाल आर्मी क्लबका केशब श्रेष्ठले मध्य पश्चिमका तीर्थ विक, दोश्रो बरियताका मध्यमाञ्चलका मदनकृष्ण कायस्थले मध्यमाञ्चलकै रबिन्द« थापा, नेपाल आर्मीका भुपेन्द« निरौलाले सुदुर पश्चिमका कीर्त बहादुर जोरा तथा चौथो बरियताका खेलाडी क्षितिज भण्डारीले मध्यमाञ्चलका सञ्जय मर्हजनलाई पराजित गरे । पूर्वाञ्चलका सुमन राइले ओलम्पियाड खेलाडी सजिन मर्हजनलाई हराए । एपीएफका सुमित पन्त र सुदुर पश्चिमका प्रकास ओझा पनि पहिलो चरणमा विजयी रहे ।
महिला तर्फ नेपाल आर्मीकी मोनालीसा खुम्बु, सुजना लोहनी र सीन्दीरा जोशीले विजयी सुरुवात गरे ।