भलिबलमा एपीएफको दुवै टोलीको जित

 

सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत इटहरी रंगशालामा भएको भलिबलमा महिला र पुरुषका चार–चार लिग खेल सम्पन्न भएका छन् । महिलातर्फ एपीएफले मध्यपश्चिमलाई २५–१०,२५–७ र २५–६ तथा मध्यमाञ्चलले सुपलाई २५–९,२५–१० र २५–२ को सोझो सेटमा हराउदै पहिलो जित हात पा¥यो । लिगको अन्य खेलमा पश्चिमाञ्चलले आर्मीलाई २५–२०,२५–१५,२१–२५ र २५–१४ ले हराउदा पुलिसले पुर्वाञ्चललाई २५–१३,२५–७,१९–१५ र २५–१२ ले हराउदै विजयी शुरुवात ग¥यो ।
त्यस्तै पुरुषतर्फ पश्चिमाञ्चलले सुपलाई २५–१६,२५–२० र २५–२२,एपीएफले पुर्वाञ्चललाई २५–१०,२५–१४ र २५–१०तथा आर्मीले मध्यपश्चिमाञ्चललाई २५–१५,२५–२२ र २५–८ को सोझो सेटमा हराउदै जित हात पारे । नेपाल पुलिसले भने मध्यमाञ्चलमाथी २१–२५,२५–१०,२५–१७ र २५–१४को जित निकाल्यो ।

Comment