खोखोमा आर्मी च्याम्पियन
सातौ राष्ट्रिय खेलकुद अन्तरगत सुनसरीको इनरुवामा भएको खोखोको पुरुष र महिला दुवैमा आर्मी च्याम्पियन बनेको छ । पुरुष फाइनलमा आर्मीले मध्यमाञ्चललाई १०–६ ले पराजित ग¥यो । सुदूरपश्चिमाञ्चलले पूर्वाञ्चललाई ११–१० ले हराउदै तेश्रो भयो । महिलाको उपाधि भिडन्तमा आर्मीले मध्यपश्चिमाञ्चलको चुनौती ५–३ ले समाप्त पा¥यो । महिलामा पनि तेश्रो स्थानमा सीमित भएको सुदूरपश्चिमाञ्चलले मध्यमाञ्चललाई १४–१२ ले पाखा लगायो ।
विजेतालाई युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहाल, खेलकुद मन्त्रालयका सह–सचिव चूडामणि पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।बृहत खेलकुदमा खोखो दोश्रो पटक समावेश भएको हो । त्यसअघि काठमाडौंमा भएको पाँचौं राष्ट्रियमा खोखोले पहिलो पटक पैवेश पाएको थियो । भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा खोखोको पुरुष र महिला दुवै टिमले कांस्य जितेको थियो ।