सेपाकताक्रोमा पश्चिमाञ्चललाई स्वर्ण

Manoj Shiama
27 December, 2016 8:37 am

सातौ राष्ट्रिय खेलकुद अन्तरगत सेपाकताक्रोमा अघिल्लो दिन आइतबार महिला डबल्स इभेन्टमा स्वर्ण जितेको पश्चिमाञ्चलले सोमबार सोही स्पर्धाको पुरुषमा पनि स्वर्ण जित्न सफल भएको छ ।
धरानमा भएको फाइनलमा पश्चिमाञ्चलले आर्मीलाई २१–१२ र २१–१२ को सोझो सेटमा पराजित ग¥यो । मध्यमाञ्चलले तेश्रो स्थानमा चित्त बुझायो ।
पुरुष टिम इभेन्टमा मध्यमाञ्चलले मध्यपश्चिमाञ्चल तथा आर्मीले सुदूरपश्चिमाञ्चलसंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । सेपाकताक्रो मंगलबार सम्पन्न हुँदैछ ।