इटहरीममा भलिबल जारी
सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत इटहरी रँगशालामा सोमवार भएका महिला तथा पुरुष भलिवलका ४ , ४ ओटा खेल सम्पन्न भएका छन् । महिला भलिवल प्रतियोगीता अन्तर्गत पश्चिमाञ्चललाई र एपीएफले पराजीत गरेको छ । एपीएफले २५–१८, २५–२१ र २९–२७ को सेटमा पश्चिमाञ्चललाई पछि पारेको हो । त्यस्तै दोस्रो खेल तर्फ आर्मीले मध्य पश्चिमलाई पारजीत गरेको छ । आर्मीले २५–१२, २५–१६, १७ –२५ र २५–१४ को अन्तरमा मध्यपश्चिमाञ्चललाई पारजीत गरेको हो । त्यस्तै तेस्रो खेल अन्तगत मध्यमाञ्चलले नेपाल प्रहरीलाई २५–१६, २५–१४ र २५–१९ को सोझो सेटमा पराजीत गरेको हो । त्यस्तै महिला तर्फको आजको अन्तिम खेलमा पुर्वाञ्चलले सुदुर पश्चिमाञ्चललाई २५–२१, २५–२१ र २५–१३ को अन्तरमा पराजीत गरेको हो ।
त्यस्तै पुरुष तर्फको पहिलो भलिबल खेलमा प्रहरीविजयी बनेको छ । प्रहरीले पश्चिमाञ्चललाई २५–१७, २५–२१ र २५–२३ को अन्तरले पछि पारेको हो । त्यस्तै दोस्रो खेल अन्तर्गत मध्यमाञ्चलले सदुुरपश्चिमलाई २०–२५, २५–१९, २५–१८, १९ –२५ र २५–१२ को अन्तरले पराजीत गर्यो । त्यस्तै तेस्रो खेलमा आर्मीले शसस्त्रलाई २५–१५, २५–२३ र २७–२५ को अन्तरले पराजीत गर्यो । त्यस्तै पुरुष तर्फको अन्तिम खेलमा पुर्वाञ्चल विजयी भएको छ । पुर्वाञ्चलले २५–१८, २५–१६, २६–२८, २३–२५ र २५–२२ को अन्तरले पारजीत गरेको छ ।