आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन

Manoj Shiama
27 December, 2016 8:59 pm

सातौँ राष्ट्रिय खेलकुद अन्र्तगत झापाको दमकमा भएको आइटिएफ तेक्वान्दोमा नेपाल आर्मी च्याम्पियन बनेको छ । आर्मीले समग्रमा १६ स्वर्ण,४ रजत र २ कास्य जितेको छ । त्यसैगरि मध्यामञ्चलले ३ स्वर्ण,६ रजत र ७ कास्य, एपीएफले ३ स्वर्ण,३ रजत र १ कास्य,पूर्वाञ्चलले ३ स्वर्ण,२ रजत र ३ कास्य जित्न सफल भयो । पश्चिामाञ्चल २ स्वर्ण,१० रजत र ६ कास्य,मध्यपश्चिमाञ्चलले २ रजत र ४ कास्य तथा सुदूर–पश्चिामाञ्चलले ६ कास्य जित्यो । मंगलवार दमकमा भएकोे पुरुष स्पाइरिङको ६५–७० तौलमा मध्यामञ्चलका हनक सुब्बा पहिलो,आर्मीका लिलाधर बस्नेत दोश्रो तथा मध्यपश्चिमाञ्चलका रोशन दिन र पश्चिमाञ्चलका दानकुमार सारु तेश्रो भए । पुरुष ७०–७५ तौलमा एपीएफका हर्कलाल राजबंशीले स्वर्ण,आर्मीका भिमवहादुर तामाङले रजत तथा पश्चिमाञ्चलका शिव जिसी र पूर्वाञ्चलका सुदिप तामाङले सयुक्त रुपमा कास्य जिते । पुरुष ७५–८० तौलमा आर्मीका बिजय सुनार पहिलो,एपीएफका कृष्ण थापा दोश्रो तथा पश्चिमाञ्चलका असिम बुच्चा र सुदूर–पश्चिमाञ्चलका अनिल नेपाली तेश्रो भए । पुरुष ८०–८५ तौल समूहमा पश्चिमाञ्चलका साजनपद भैयाले स्वर्ण,एपीएफका लवबहादुर एडीले रजत तथा मध्यमाञ्चलका शेरवहादुर मगर र आर्मीका प्रमोद साउदले कास्य जित्न सफल भए । पुरुष ८५ केजी माथी आर्मीका चाउची डंगोल प्रथम,सुदूर–पश्चिमाञ्चलका सुनिल सुनार दोश्रो र एपीएफका श्यामकृष्ण श्रेष्ठ तेश्रो भए । त्यसैगरि महिलातर्फको सामुहिक प्याटनमा मध्यामञ्चलले स्वर्ण र आर्मीले रजत जिते भने पुरुषतर्फको सामुहिक प्याटनमा आर्मीले स्वर्ण र मध्यामञ्चलले रजत हात पार्यो ।