एपीएफका दुवै टिम उपाधि नजिक

एपीएफका महिला तथा पुरुष दुवै टिम सातौं राष्ट्रिय खेलकुदको भलीबल खेलमामा उपाधि नजिक पुगेका छन् । मंगलवार इटहरी रंगशालामा भएको महिला भलिबलको सेमिफाईनल खेलमा एपीएफले पुलिसलाई २६–२४,२५–१२ र २५–११ को सोझो सेटमा हरायो । त्यस्तै महिलातर्फ नै मध्यामञ्चलले पश्चिमाञ्चललाई २५–१६,२५–१५,२०–२५ र २५–२० को सेटमा हराउदै उपाधि नजिक पुग्यो । पुरुषतर्फको सेमिफाईनल खेलबाट जित निकाल्दै एपिएफ र आर्मी उपाधि नजिक पुगे । पुरुषतर्फको पहिलो सेमिफाइनलमा दुई विभागीय भिडन्तमा एपिएफले पुलिसमाथि २५–२३, १५–२५, २५–२० र २६–२४ बाजी मा¥यो । यस्तै दोस्रो सेमिफाइनलमा आर्मीले पश्चिमाञ्चलमाथि २०–२५, २५–२०, २५–२० र २५–११ ले हरायो । खेल बुधबार हुनेछ ।

Comment