नङसल र शिक्षा फाइनलमा
नेपाल आर्मीकी नङसल तामाङ र एपीएफकी शिक्षा श्रेष्ठ सातौ राष्ट्रिय खेलकुद अन्तरगत मेची सामुदायिक कवर्ड हलमा जारी व्याडमिन्टन प्रतियोगिताको फाइनल पुगेका छन् । वुमेन सिंगलको भीडन्तमा आर्मीकै अनुमाया राईलाई नङसलले २१– १५ र २१–१२ को सोझो सेटमा हराएर फाइनल यात्रा तय गरिन् । दोस्रो खेलमा एपीएफकी शिक्षाले आर्मीकी अमिता गिरीमाथि २०–२२, २१–१३ र २२–२० को रोमाञ्चक जित निकालिन । मंगलवार मेन्स सिंगल, मेन्स डवल, वुमेन्स डवल र मिक्स डवलका क्वाटरफाइनल खेलहरु सम्पन्न भए । रत्नजित तामाङ (आर्मी) ले दिपक वोहरा (पुलिस)लाई २१–११ र २१–८ को सोझो सेटमा पराजित गरे । त्यस्तै खन्जिव खड्का (सुदुरपश्चिम) ले सुजन के ताम्राकार (एपीएफ)लाई २१–१९ र २१–१४ को सोझो सेटमा हराए ।
विष्णु कटुवाल (पुलिस) ले नवीन श्रेष्ठ (आर्मी) लाई २१–१८ र २१–१२ ले जिते । दिपेश धामी (आर्मी) ले सुदिप सेढाई (एपीएफ) लाई २१–१७ र २१–१२ ले हराए । मेन्स डवलतर्फ दिपेश धामी र सुरज महर्जन (आर्मी) को जोडीले विजित थापा मगर र विशाल प्रधान (एपीएफ) को जोडीलाई २१–१३, २२–२४ र २१–१७ ले हराए ।
त्यस्तै दिपक वोहरा र विष्णु कट्वाल (पुलिस) को जोडीले इरफान अन्सारी र रियाज अन्सारी (मध्यपश्चिम) लाई २१–१७ र २१–१५ को सोझो सेटमा हराए । रत्नजीत तामाङ र नवीन श्रेष्ठ (आर्मी) ले विवेशक जिसि र दिलेन्द्र पुन (पश्चिमाञ्चल) लाई २१–१४ र २१–१५ ले हराए ।
तेस्रो खेलमा जोसेफ अधिकारी र सुमन लिम्वु (एपीएफ)को जोडीले साजन के ताम्राकार र सुदिप सेढाई (एपीएफ) लाई १२–२१, २१–१९ र २१–१९ले पाखा लगाए ।
उमेन डवल्सतर्फ पूजा र शिक्षा श्रेष्ठ (एपीएफ)को जोडीले सीताकुमारी राई र सीमा राजवंशी (पूर्वाञ्चल)लाई २१–७ र २१–१२ को सोझो सेटमा पराजित गरे । त्यस्तै जेसिका गुरुङ र सुनैना मुखिया (आर्मी) ले श्रद्धा प्रधान र श्रद्धेय प्रधान (मध्यमाञ्चल) लाई २३–२१ र २१–१७ को सोझो सेटमा हराउदै सेमिफाइनल पुगे ।
त्यस्तै मेघा चन्द र अनुमाया राई (आर्मी) ले शिक्षा नेउपाने र सम्झना शर्मा (मध्यपश्चिम) लाई २१–११ र २१–११ ले हराए । नङसल तामाङ र अमिता गिरी (आर्मी) ले दुर्गा शर्मा भण्डारी र गंगा विष्ट (सुदुरपश्चिम) लाई २१–७ र २१–१० ले पराजित गर्दै सेमिफाइनल पुगे ।
त्यसैगरी मिक्स डवलतर्फको क्वार्टर फाइनलमा विजित थामा मगर र शोभा गौचन (एपीएफ) ले जीवन आचार्य र सुजता राई (पूर्वाञ्चल) लाई २१–१६ र २४–२२ ले हराउदै सेमिफाइनल प्रवेश गरे । त्यस्तै सुदिप सेढाई र शिक्षा श्रेष्ठ (एपीएफ) ले इरफान अन्सारी र सम्झना शर्मा (मध्यपश्चिम) लाई २१–२० र २१–११ ले पन्छाए । नवीन श्रेष्ठ र अनुमाया राई (आर्मी) ले इन्द्र महत र पूजा श्रेष्ठ (एपीएफ)लाई पराजित गरे । अन्तिम खेलमा रत्नजीत तामाङ र नङसल तामाङ (आर्मी) ले विलाल वारिस र समिक्षा नेउपाने (मध्यपश्चिम) लाई २१–१२ र २१–९ को सोझो सेटमा हराए ।