प्रदीप र निर्मलको जोडीलाई स्वर्ण

Manoj Shiama
28 December, 2016 7:43 am

सातौ राष्ट्रिय खेलकुद अन्तरगत सफ्ट टेनिसको पुरुष डबल्समा मध्यमाञ्चलका प्रदीप खत्री र निर्मलकाजी स्थापितको जोडीले स्वर्ण जिते । उक्त जोडीले फाइनलमा पूर्वाञ्चलका आशिष बोहरा र युकेश योञ्जनको जोडीलाई ५–० को सोझो सेटमा पराजित गरे ।
पुरुष टिम स्पर्धामा पूर्वाञ्चल पहिलो, मध्यमाञ्चल दोश्रो तथा सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल तेश्रो भए । सोही स्पर्धाको महिलामा मध्यमाञ्चल पहिलो, मध्यपश्चिमाञ्चल दोश्रो तथा पूर्वाञ्चल र सुदूरपश्चिमाञ्चल तेश्रो स्थानमा रहे ।