महरा, भट्ट,वेस, काफ्ले र श्रेष्ठ च्याम्पियन
स्तरीय अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्षम एकाध नेपाली पुरुष खेलाडी सातौ राष्ट्रिय खेलकुद अन्तरगत बुधबारको खेल महत्वपूर्ण रह्यो । बक्सीङ्गमा दिनेस श्रेष्ठले स्वर्ण पदक जितेको दिन नै तेक्वान्दोको ६३ किलो तौल समुहमा पनि नेपाल पुलिस क्लबका विर बहादुर महाराले स्वर्ण पदक जिते । गत बर्ष भएको साग छनोटमा रोहीत तामाङ्ग माथि जित हात पार्दै नेपाली तेक्वान्दोमा उदाएका बिर बहादुर महरा १२ औ दक्षिण एसियाली खेलकुदको फाइनलमा पराजित भए पनि त्यहीबाट उनी धेरै नेपालीका लागि प्रीय बनेका थिए ।
नेपाली तेक्वान्दोमा स्तरीय तेक्वान्दो खेलाडी जन्माउने सुदुर पश्चिममा दिपक विष्ट र निसा रावल पछि महरा अर्का सनसनीपूर्ण स्टारको रुपमा उदय भएको हो । त्यसो त पछिल्ला बर्षहरुले खेलकुदका निती नियम बनाउने अनाबस्यक प्रचार संयन्त्रको प्रभावमा पर्दै निती बनाउदा मार्सल आर्टीस्टको सम्भावना अमुल्यन गरिदा महरा पनि मर्कामा परेका हुन् । उचित प्रशिक्षण र एक्सपोचर पाए नेपाली खेलकुदलाई उचाइ दिन सक्ने ब्यक्ति महरा भएको समेत धेरै जनाउछन् ।
बुधबार महराले पश्चिमाञ्चलका किरणबहादुर आलेलाई फाइनलमा हराउदैस्वर्ण पदक जिते । हालसालै आर्मीमा आबद्ध पर्साका मोहम्मद वेस ६८ किलोमा पहिलो भए । उनले फाइनलमा प्रहरीका जेम्स प्रधानको चुनौती समाप्त पारे ।पुरुषको ८० केजीमा आर्मीका रामदत्त भट्टले स्वर्ण जिते । उनले फाइनलमा मध्यमाञ्चलका विवेक श्रेष्ठलाई पराजित गरे । महिलाको ७३ केजीमुनि आर्मीकै मिरा काफ्लेले फाइनलमा पूर्वाञ्चलकी मौसम कार्कीलाई हराउदै पहिलो स्थान हात पारिन् ।
पुरुषको ७४ केजीमुनि प्रहरीका निश्चलमान श्रेष्ठ पहिलो भए । उनले फाइनलमा आर्मीका ज्ञानेन्द्र हमाललाई पाखा लगाए । उनले फाइनलमा प्रहरीका जेम्स प्रधानको चुनौती समाप्त पारे । प्रतियोगितामा पाँच क्षेत्र र तीन विभागीय टोलीका १२८ खेलाडीले विभिन्न १६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।