निर्मल र चन्द्रमायाको जोडी पहिलो
सातौ राष्ट्रिय खेलकुद अन्तरगत सफ्ट टेनिसको अन्तिम दिन भएको एक मात्र स्पर्धाको मिक्स डबल्समा मध्यमाञ्चलका निर्मलकाजी स्थापित र चन्द्रमाया राईको जोडीले बुधबार स्वर्ण जितेका छन् । वैजनाथपुरमा भएको फाइनलमा उक्त जोडीले आफ्नै क्षेत्रका एलिजा रन्जित र प्रदीप खत्रीको जोडीलाई ५–३ को सेटमा पराजित गरे । पूर्वाञ्चलका जर्जिया चौधरी र दिपेन्द्र थापा मग
र तथा मध्यमाञ्चलका कृपा शर्मा र धर्मराज घलेको जोडी संयुक्त रुपमा तेश्रो बने ।
प्रतियोगितामा पश्चिमाञ्चल बाहेक ४ क्षेत्रका समान २४ पुरुष र महिला गरी ४८ खेलाडीले विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।