जिम्नास्टिकमा एपीएफलाई पदक

Manoj Shiama
29 December, 2016 7:21 am

सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत धुलाबारीमा जारी जिम्न्यास्टिक खेलमा महिला फ्लोरको ब्यक्तिगत तर्फ एपिएफकी पिंकी झाँग ९.६० अंक हात पार्दै स्वर्ण पदक प्राप्त गरिन् । एपिएफकै रेशिका श्रेष्ठले ९.४ अंकका साथ रजत र एपिएफकै सुनिता निरौलाले ८.८० अंकका साथ कास्य पाईन् । भल्ट टेबल तर्फ एपिएफकै रेशिका श्रेष्ठले ८.४५ अंकका साथ स्वर्ण हात पारिन् । पिंकी झाँगले ८.१० अंकका साथ रजत पाईन भने सुनिता निरौलाले ८.० अंकका साथ कास्य पाईन् ।
अलराउन्ड तर्फ पनि एपिएफकै बाहुल्यता रह्यो । एपिएफकै तिनै खेलाडीले जित निकालेको खेलमा रेशिकाले १७.८५अंकका साथ स्वर्ण, पिंकी झागले १७.७ अंकका साथ रजत र सुनिता निरौलाले १६.८ अंक ल्याउंदै कास्य पाईन् । पुरुषका खेलहरु बिहिबार सम्पन्न हुने आयोजकले जनाएका छन् ।