आठौं मध्यपश्चिममा

आठौं राष्ट्रिय खेलकुद दुई बर्षपछि मध्यपश्चिमाञ्चल क्षेत्रमा आयोजना हुने भएको छ । सातौं राष्ट्रिय खेलकुदको शुक्रबार धरानमा आयोजित समापन समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव केशवकुमार विष्टले मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद समितिका अध्यक्ष भिम ओलीलाई आठौं खेलकुदको झण्डा हस्तान्तरण गरे । सोही समारोहमा नवौं राष्ट्रिय खेलकुद पश्चिमाञ्चल क्षेत्रमा आयोजना गर्ने गरिने भएको छ । पुष ८ गते विराटनगरमा उद्घाटन भएको सातौं राष्ट्रिय खेलकुद शुक्रबार धरानमा औपचारिकरुपमा समापन भएको छ ।

 

Comment