भारतसंग नेपालको हार

Manoj Shiama
2 January, 2017 5:45 pm


दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसीपमा नेपाल भारतसंग ३–१ ले पराजित भएको छ । ४४ औ मिनेटमा कमला देवीको गोलमा पछि परेको नेपालको विरुद्धमा ५९ औ मिनेटमा अर्को गोल भएको थियो । सावित्रा भण्डारीले ७५ औ मिनेटमा गरेको गोलमा नेपाल खेलमा फर्कने प्रयास गरेको थियो । सस्मीता मलीकले ८४ औ मिनेटमा अर्को गोल गरिन् । नेपाली टोलीका प्रशिक्षक कुमार थापाले नेपालको प्रदर्शन राम्रो भए पनि केही राम्रा अबसर गुमाउनु, विपक्षीले सावित्रा माथि निगरानी राख्ने निती सफल हुनु रे रेफ्रिको निर्णय पनि हारको कारण भएको प्रतिक्रिया दिए ।