इनोभेटिभ बास्केटबल हुने
इनोभेटिभ इङलिस स्कुलको आयोजनामा छैटौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता माघ १९ गतेदेखि हुने भएको छ । प्रतियोगितामा सिनियर ब्वाइज र गल्र्स तथा जुनियर ब्वाइजमा गरी ३ विधामा प्रतिस्पर्धा हुने इनोभेटिभका प्रबन्ध निर्देशक अनन्त कुँवरले जनाएका छन् । तीनै विधामा समान १२–१२ टिमको सहभागिता रहनेछ । चौथो र पाँचौं संस्करणमा समावेश नगरिएको जुनियर ब्वाइज विधा यसपटकदेखि पुनः गर्न लागिएको प्रबन्ध निर्देशक कुँवरले जानकारी गराए । जुनियर ब्वाइजमा ४ फिट १० इन्चसम्मका खेलाडीले भाग लिन पाउने प्रावधान छ ।
सिनियर ब्वाइज र गल्र्समा एचएचसीए डिफेन्डिङ च्याम्पियन हो । त्यस्तै जुनियर ब्वाइजमा आयोजक इनोभेटिभले तेश्रो संस्करणको उपाधि जितेको थियो ।
विद्यालयको १६ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गर्न लागिएको प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । सम्पूर्ण खेलहरु शंखमूलस्थित आयोजककै कोर्टमा हुनेछन् ।
पढाईका साथसाथै विद्यार्थीलाई अत्तिरिक्त क्रियाकलापमा सानै उमेरदेखि अभिरुची जगाउने उद्देश्यले विद्यालयले खेलकुद बाहेक विभिन्न अत्तिरिक्त क्रियाकलापमा विद्यार्थीलाई अवसर प्रदान गर्दै आइरहेको प्रबन्ध निर्देशक कुँवरले जनाएका छन् ।