ललीतपुरमा फुटबलको बिशेष प्रशिक्षण


ललीतपुरको फुटबल विकासमा समर्पीत ललीतपुर खेलकुद प्रशिक्षण केन्द«को आयोजनामा फुटबल कोचीङ सेमिनारको शनीबार उद्घाटन भयो । ललीतपुरका ग्रामीण भेगमा लक्षित साउथ एसिया स्पोर्ट फर डेभ्लपमेन्ट परियोजना अन्तरगतको यो सेमिनारमा ४० जना प्रशिक्षार्थी सहभागि छन् । इजरायलका गोम टिजुरी र डोर पेलेडले कक्षा सञ्चालन गरेको केन्द«का प्रमुख सिद्धी ब्यञ्जनकारले बताए ।
इजरायलको मिफालट एजुकेसन एन्ड सोसाइटी इन्टरप्राइजेजसंगको सहकार्यमा सञ्चालीत कार्यक्रममा जर्मन फेडेरल फरेन अफिस एन्ड स्ट्रिट फुटबल वल्र्ड, जर्मनको सहयोग रहेको छ । बिहिबार देखि सुरु भएको कक्षा मंगलसम्म चल्ने छ ।
ललीतपुरको सुनागोठीको बालकुमारी स्कुलको प्रांगणमा कक्षा सञ्चालन भइरहेको छ । कार्यक्रममा गोदामचौर, बिशंखु नारायण, गोदावरी, बडीखेल, झरुवारासी,ठेचो, चापागाँउ, लेले, बुङमती, चुनीखेल,छम्पी,भारदेउ,नल्लु,हरिसिद्धी,धापाखेल,बाडेगाँउ, पुलचोक र सानेपाका प्रशिक्षार्थी सहभागि छन् ।

Comment