पछिल्ला तीन स्पर्धामा पनि नेपाल दोश्रो
दोश्रो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा नेपालले आफू सहभागी सबै स्पर्धामा दोश्रो स्थान हासिल गरेको छ ।नेपालले पुरुष÷महिला रेगु र डबल गरी ४ स्पर्धामा प्रतिस्पर्धा गरेको थियो । नेपालले आइतबार पुरुष रेगु र डबल तथा महिला डबलमा खेलेको थियो । तीनै स्पर्धामा नेपाल दोश्रो भएको प्रतियोगिता आयोजना स्थल श्रीलंकाको कोलम्बोबाट राष्ट्रिय खेलकुद परिषद्का प्रेस सल्लाहकार रोहित दाहालले जानकारी गराए । अघिल्लो दिन शनिबार नेपाली महिला टिमले रेगुमा पनि रजत जितेको थियो ।
प्रतियोगिताको अन्तिम दिन पुरुष डबलको फाइनलमा नेपाल भारतसंग चुक्यो । नेपाल भारतसंग १६–२१ र १४–२१ ले पछि प¥यो । त्यसअघि नेपालले आयोजक श्रीलंकालाई २१–४ र २१–९ ले सेमिफाइनलमा पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।
रेगुमा भारतले फाइनलमा नेपाललाई २१–१४ र २१–१२ ले निराश पा¥यो । सेमिफाइनलमा नेपालले बंगलादेशलाई २१–६ र २१–७ को सोझो सेटमा हराएको थियो ।
महिला डबलमा पनि नेपाल भारतसंग नै निराश हुनु प¥यो । भारतले नेपाललाई २१–११ र २१–१५ ले पछि पर्दै उपाधि जित्यो । प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, बंगलादेश र पाकिस्तान गरी ५ राष्ट्र सहभागी थिए ।