आइटिएफ तेक्वान्दोद्धारा प्रकास थापा मगर सम्मानित

Manoj Shiama
18 January, 2017 7:12 pm


नेपाल  आइटिएफ तेक्वान्दो महासंघले आफ्नो पुर्व केन्द्रिय सदस्य प्रकास थापा मगरलाई सम्मान गरेको छ । आइटिएफ तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री समेत रहेका थापालाई नेपालमा तेक्वान्दो खेल विकासका लागि महत्वपुर्ण योगदान पु¥याएको भन्दै महासंघले सम्मान गरेको हो । राष्ट्रलाई खेलकुदको माध्यमबाट अन्र्तराष्ट्रिय क्षेत्रमा समेत चिनाउन उल्लेखनिय भुमिका निर्वाह गरेकाले उनको योगदानलाई कदर गर्दै सम्मान गरेको महासंघले जनाएको छ ।
बबरमलमा बुधबार आयोजित एक कार्यक्रममा पाँचौँ डान प्राप्त थापा मगरलाई सम्मानपत्रद्धारा महासंघले सम्मान गरेको छ । उनलाई दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासंघका उपाध्यक्ष एवम् नेपाल आइटिएफ तेक्वान्दोका अध्यक्ष अन्जन धमलाले सम्मानपत्र प्रदान गरे । नेपाल आइटिएफ तेक्वान्दोको कभर्डहल निर्माणका लागि थापाले महासंघलाई १० लाख आर्थीक सहयोग प्रदान घोषणा गरेका थिए । राज्यले गर्नु पर्नेमा ब्यक्तिले नै नेपाली खेलकुद क्षेत्र विकासका लागि सहयोग गरेकाले त्यसका लागि उच्च कदर गर्ने महासंघले जनाएको छ ।
उनले नेपाल आइटिएफमा २० वर्षसम्म योगदान पु¥याएको महासंघले जनाएको छ । नेपालमा आइटिएफ तेक्वान्दो विकास,विस्तार र प्रवर्धनका लागि उनले हरेक समय सहयोग गरेको महासंघका अध्यक्ष धमलाले बताए । “रामेछापमा संघले अन्र्तराष्ट्रियस्तरको कभर्डहल निर्माण गर्न लागेको छ । तर हामीसँग आर्थीक अवस्था निकै कमजोर छ । यद्यपी नेपाल आइटिएफ विकास र कभर्डहल निर्माणमा उहाँको सहयोगले हामीलाई थप हौसलित गरेको छ ,” महासंघका अध्यक्ष धमलाले बताए ।