जिमन्याष्टिक खेलाडी राजु राई सम्मानित

Manoj Shiama
20 January, 2017 6:46 pm


हालै पुर्वान्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा सबैभन्दा धेरै स्वर्ण पदक प्राप्त गर्ने खेलाडी राजु राईलाई शुक्रबार काठमाण्डौंमा सम्मानित गरियो। झापाको धुलाबारीमा भएको राष्ट्रिय जिमन्याष्टिक प्रतियोगितामा सर्बाधिक ७  स्वर्ण पदक पाउन सफल खेलाडी राजु राईलाई काठमाडौंको नयांबजार टाउन ल्पानिङ स्थित गितान्जली कलेजले नगद पुरस्कार सहित सम्मान गरेको थियो। सो अबसरमा उक्त कलेजका अध्यक्ष मोहन केसीले खेलाडी राईलाई ५ हजार नगद र सम्मानपत्र प्रदान गरे।  ४ बर्षको उमेरदेखि जिमन्याष्टिक खेल्दै आएका खेलाडी राईले यसअघि बिभिन्न जिमन्याष्टिक प्रतियोगितामा पनि बिजय हासिल गरि सकेका थिए।  यसअघि २०४६ सालमा सम्पन्न राष्ट्रिय जिमन्याष्टिक च्याम्पियनशीपमा राजेश्वरमान स्थापितले सर्बाधिक ७ वटा स्वर्ण पदक जितेका थिए ।