मार्सल आर्ट टोली हङकङ प्रस्थान
Manoj Shiama
26 January, 2017 8:15 pm
अल स्टायल आमन्त्रण कराते डो प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली मार्सल आर्ट टोली बिहीबार हङकङ प्रस्थान गरेको छ ।पुरुषको ७० केजीमा केशव बोगटी, ६० केजीमा रविनकुमार जोशी, ५५ केजीमा विप्लव श्रेष्ठ, ४५ केजीमा विकेश श्रेष्ठ, ४० केजीमा पियूश महर्जन र ६५ केजीमा वेदनिधी मुदभरीले प्रतिस्पर्धा गर्नेछन् ।
टिम प्रशिक्षक तथा टोली नेतामा रणबहादुर बोगटी छन् । उनले निर्णायकको भूमिका पनि निर्वाह गर्ने बताइएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे । प्रतियोगिता जनवरी २७ देखि ३० तारिखसम्म सञ्चालन हुनेछ ।