नेफ–साइपाल फुटबलमा ६४ टिम
उत्तर भेगीय शैक्षिक मञ्च (नेफ), प्याब्सन र साइपाल एकेडेमीको संयुक्त आयोजनामा नेफ–साइपाल यु–१६ सिक्स ए साइड फुटबल प्रतियोगितामा विभिन्न विद्यालयका ६४ टिमको सहभागिता रहने भएको छ ।प्रतियोगिता मंगलबारदेखि चावहिलको गणेशथान चौरमा हुने नेफका अध्यक्ष एवं काठमाडौं प्याब्सनका सदस्य नारायण रोकाले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।विद्यालयबीच भाइचारा सम्बन्ध स्थापित गर्न र विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराइ राष्ट्रका लागि कुशल खेलाडी उत्पादन गर्न सहयोग पु¥याउने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको रोकाले बताए ।
उत्कृष्ट ६ खेलाडीलाई ६० हजार मूल्य बराबरको छात्रवृत्ति प्रदान गरिने प्रतियोगिता संयोजक विनोद क्षेत्रीले जानकारी दिए ।प्रतियोगिता सञ्चालन गर्न अनुमानित ४ लाख ५० हजार खर्च हुने नेफका सचिव टंककुमार चापागाईंले जानकारी दिए । फाइनल माघ २६ गते हुनेछ ।
यसै प्रतियोगिताबाट न्युजिल्यान्डमा जुनमा हुने यु–१६ फुटबल प्रतियोगिताका लागि खेलाडी छनोट समेत गरिने आयोजकले जनाएको छ ।