गण्डकी र स्वेतसदनलाई उपाधि
गण्डकी पब्लिक स्कुल र किन्डर गार्डेनले टोप्स अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । गण्डकी सिनियर तथा किन्डर गार्डेन जुनियरमा च्याम्पियन बने ।सिनियरको फाइनलमा गण्डकीले स्वेतसदनलाई टाइब्रेकरमा १–० गोलले पराजित ग¥यो । अभियान पब्लिक स्कुलले तेश्रो स्थानमा चित्त बुझायो ।
जुनियरको उपाधि भिडन्तमा किन्डर गार्डेनले गण्डकी पब्लिकलाई टाइब्रेकरमा नै १–० गोलले हरायो । लर्निङ जोन तेश्रो भयो ।
विजेतालाई हेराल्डका प्रिन्सिपल नारायण उपाध्याय, टोप्सका अध्यक्ष सुरेश जिएम, आयोजक लिटिल ब्लोसम स्कुलका प्रबन्ध निर्देशक पुरुषोत्तम प्याकुरेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगिताको सिनियर र जुनियरमा समान ९–९ टिम सहभागी थिए ।