ओप्स खेलकुद सप्ताह सम्पन्न
कौशल इङलिस स्कुलले ओप्स खेलकुद सप्ताहको फुटबलतर्फको उपाधि जितेको छ । मंगलवार भएको उपाधि भिड्न्तमा कौशलले प्रगति स्कुललाई १–० गोलले स्तब्ध बनायो । पहिलो हाफ गोल रहित भए पनि दोश्रो हाफको १५ औ मिनेटमा कौशलकासन्देश बिन्दुकारले निर्णायक गोल गरे । प्रतियोगितामा उत्कृष्ट खेलाडिको उपाधि पनि कौशलका सन्देश बिन्दुकारले नै जिते । त्यस्तै प्रगतिका अर्जुन लामा बेष्ट डिफेन्स,प्रगतिकै आयुषलामा हाई स्कोरर,मस्र्याङर्दीका हेतवहादुर तामाङ बेष्ट मिड फिल्डर, ज्ञानमन्दिरका मुकेश राई बेष्ट स्ट्राईकर, श्रृजना ज्ञान सागरका मंन्जिल श्रेष्ठ बेष्ट गोलकिपर चुनिए । त्यस्तै श्रृजना ज्ञानसागरका अनिल बहादुर गुरुङ बेष्ट कोच चुनिदा गिनिज पब्लिक स्कुलले अनुशासित टिमको उपाधि जित्यो ।
एथलेटिक्सतर्फ हिम रश्मी स्कुल च्याम्पियन बन्यो । ज्ञानमन्दिर दोश्रो र कौशल तेश्रो भ । ब्याडमिन्टनमा सामाखुसी बोडिङ स्कुल(सेब)अग्र स्थानमा रहन सफल भयो ।सेबबाट छात्र एकलमा स्वर्ण जितेका लाक्पा शेर्पाले सेबकै भाबिका लामिछानेसग मिलेर मिक्स डबलको उपाधि पनि जिते । छात्रा एकलमा ज्ञानमन्दिरकी रबिना खत्री पहिलो भईन् । सप्ताहमा छात्र फुटबलका साथै एथलेटिक्स अन्तर्गत हाइजम्प, लङजम्प, सटपुट, एक सय, दुई सय मिटर र सय मिटरको रिले समावेश गरिएको छ भने ब्याडमिन्टन प्रतियोगितामा छात्र छात्राको सिंगल र मिक्स डबलका एभेन्टहरु सञ्चालन भएको थियो । बिजेतालाई सभासद अमरबहादुर थापा, ओप्सका अध्यक्ष लोकेन्द्रवहादुर खड्का, कोषाध्यक्ष एवंम् एन्जलहार्टका प्रिन्सिपल धनवहादुर पुन,प्रतियोगिता संयोजक श्रृजना ज्ञानसागरका प्रिन्सिपल राजेन्द्र फुयाल लगायतले पुरस्कृत गरेका थिए ।