बिमल र जुविन फाईनलमा
बिमल खुलाल र जुविन केसी दोस्रो उपत्यकाब्यापी अन्तरविद्यालय तेक्वान्दो प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् । शुक्रवार भएको पुरुष २०–२५ तौल समूहको सेमिफाईनल खेलमा भक्तपुरका बिमलले ललितपुरका अमोस सुनुवारलाई पराजित गर्दा ललितपुरका जुविनले भक्तपुरका युजल देवकोटालाई हराउदै उपाधि नजिक पुगे । बालकोट स्थित माउण्ड भ्यू स्कुलमा भएको प्रतियोगितामा सफलता हात पादै पुरुष २६–३० केजी तौलमा भक्तपुरका सासङ श्रेष्ठ र काठमाण्डौका दिनेश रानापाल फाईनलमा प्रवेश गरेका छन् । त्यस्तै पुरुष ३६–४० केजी तौल समूहमा ललितपुरका प्रनस शर्मा र काभ्रेका राजवहादुर घिसिङ फाईनलमा प्रवेश गरेका छन् ।
भक्तपुर जिल्ला आइटिएफ तेक्वान्दो संघको आयोजनामा संचालन भएको दुई दिने प्रतियोगिताको उद्घाटन अनन्त लिङेश्वर नगरपालिकाका कार्यकरी प्रमुख होतराज लम्सालले गरेका थिए । सो अवसरमा आइटिएफका केन्द्रिय अध्यक्ष अन्जन धमला, माउण्ड भ्यू स्कुलका प्रिन्सिपल राजकुमार महर्जनलगायतको उपास्थिति रहेको थियो । प्रतियोगितामा सेतो देखि कालो पेटीको प्याट्रर्नको प्रतिस्पर्धा हुनेछ । त्यस्तै स्पाइरिङमा पुरुषतर्फ २०–२५ केजी,२५–३०केजी,३०–३५केजी,३५–४० केजी,४०–४५ केजी ,४५–५० केजी र ५०–५५ केजी तौलसमुहमा प्रतिस्पर्धा हुने छ । महिलातर्फ भने २०–२५ केजी,२५–३०केजी,३०–३५केजी,३५–४० केजी,४०–४५ केजी तौलसमुहका खेल हुने छ । प्रतियोगिताका काठमाडौं,भक्तपुर,ललितपुर र काभ्रेका कुल ३ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।