कभर्डहलको प्रि ड्राफ्ट प्रस्तुत

Manoj Shiama
15 March, 2017 10:03 pm


कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय हाता भित्र बन्न लागेको अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न बहुउद्देश्य कभर्डहलको डिपीआरको प्रि ड्राफ्टमा बुधबार छलफल भएको छ । अरनिको डिजाइन एन्ड प्लान्ट प्रा.लि. का निर्देशक स्वरुप गुरुङले प्रस्तुत गरेको प्रि ड्राफ्टमा छलफल भएको हो । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा भएको छलफलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवुकमार विष्ट, सदस्य गंगाबहादुर थापा, युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहाल, राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख सुरेशकुमार ढुंगाना, राखेपअन्तर्गत निर्माण तथा मर्मत शाखाका प्रमुख इन्जिनियर अरुण उपाध्यायलगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा कभर्डहल अपाङ्ग मैत्री हुनु पर्ने, विभिन्न खेलका लागि उपयुक्त लाइट सिस्टमको जडान हुनु पर्ने, खेलाडीको चेन्जिङ रुम, क्याफटेरियालगायतका विषयमा प्रारम्भिक छलफल भएको थियो । कभर्डहल निर्माण पूरा भएपछिको प्रारम्भिक स्वरुप पनि प्रस्तुत गरिएको थियो ।