विकास प्रिक्वाटरफाइनलमा

Manoj Shiama
20 April, 2017 10:21 pm

विकास श्रेष्ठ पावर प्लाजा अल नेपाल ओपन स्नुकर च्याम्पियनसिपमा बिहीबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । विकाससंगै गंगाराम श्रेष्ठ र राजु केसीले पनि अन्तिम १६ मा स्थान सुरक्षित गरे ।
विकासले कृतेश ज्ञवालीलाई ४–३, गंगारामले अनुज दाहाललाई ४–३ तथा राजुले सन्तोष पुटुवारलाई ४–० को फ्रेममा पराजित गरे ।
अन्य प्रतिस्पर्धामा विकेश राईले पमद तामाङलाई ३–१, अनिश महर्जनले राजन लामालाई ३–१, बुद्ध लामाले नितेश खण्डवाललाई ३–१, दीपेन्द्र शाहीले छोपेल शेर्पालाई ३–२, कुङगा लामाले अनिल लामालाई ३–१, रेगन श्रेष्ठले सूर्य सुनुवारलाई ३–० तथा सुजिन गिरीले दीपक मगरलाई ३–२ ले हराउदै तेश्रो चरणमा पुग्न सफल भए ।