सिलात टोली भियतनामतर्फ
Manoj Shiama
22 April, 2017 10:05 pm
सोसिएलिस्ट कम्ब्याट तथा रेफ्री सेमिनारमा सहभागी हुन ११ सदस्यीय नेपाल पेन्केक सिलात मार्सल आर्ट संघको टोली शनिबार भियतनाम प्रस्थान गरेको छ । सेमिनारमा सहभागी हुनेमा नवीन राई, सुरेशकुमार श्रेष्ठ, लव श्रेष्ठ, रोमन राई, मोहित चाम्लिङ राई, टीकाराम पाण्डे, ओमबहादुर लिम्बू, सुरेन्द्र पाख्रिन, लीला श्रेष्ठ, स्वदेश राई र एकेन्द्र राई रहेका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र प्रशासन विभाग प्रमुख सुरेशकुमार ढुंगानाले एक कार्यक्रमबीच बिदाइ गरे । सेमिनार अप्रिल २४ देखि २७ तारिखसम्म सञ्चालन हुनेछ ।